Skip to content
Prabhu

७ महिनामा आयात–निर्यात दुवै घट्यो, व्यापार घाटा ८ खर्ब ११ अर्ब

काठमाडौं । भन्सार विभागले बुधबार चालू आर्थिक वर्षको सात महिनामा मुलुकको आयात निर्यात दुवै घटेको विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०८०र८१ को ७ महिनासम्ममा मुलुकले ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । 

गत आर्थिक वर्ष २०७९र८० को सोही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत वर्षको ७ महिनाको तुलनामा चालु आवको ७ महिनासम्म कुल आयात २.३१ प्रतिशतले घटेको छ। भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको विवरणअनुसार ७ महिनाको अवधिमा नेपालको निर्यात पनि ७.७ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड बराबरको वस्तु निर्यात भएको छ । 

गत आर्थिक वर्षको ७ महिनाको अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । सो अवधिमा नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ । गत आर्थिकवर्षको सात महिनामा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । 

सो विभागका अनुसार माघ मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको सोही अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal