Skip to content

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विपन्न परिवारलाई ग्यास चुलो वितरण

 

बाँके । खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकामा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगञ्ज उपमहानगरपालिका–५ का दुई सय विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–५ ले आफ्नो वडाभित्रका अतिविपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरेको जनाएको छ । वडाभित्र रहेका विपन्न र गरिबलाई खाना पकाउन सहज र सरल होस् भन्ने उद्देश्यसाथ दुई सय परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरिएको वडाध्यक्ष सराफत खानले बताए।

वडाध्यक्ष खानका अनुसार वडाअन्तर्गत रहेको बाबा मजार टोल, कसाइमण्डी, आँखा अस्पतालरोड, बेहनाटोल, रामनगररोड, एमपी स्कुलरोड, साइमार्ग, भट्टा टोल र जडीबुटी कार्यालय पछाडिको टोलका विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको हो । 

ग्यास चुलोसँगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटरसमेत सबैलाई वितरण गरिएको छ । ग्यास चुलो पाएपछि खुसी हुँदै उनीहरूले ग्यास सिलिण्डरको समेत आशा व्यक्त गरेका छन् । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi