Skip to content
Prabhu

काठमाडौंमा मिटरब्याजी पीडितहरूद्वारा जनप्रदर्शन

nabil

काठमाडौं । काठमाडौंमा आएर  देशभरका मिटरब्याजी पीडितहरूले शुक्रबर जनप्रदर्शन गरेका हुन् । उनीहरुको माग फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत छन् ।

मिटरब्याजी पीडितहरूले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं आएका हुन् । उनीहरु भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौंमा आएका हुन् ।

मिटरब्याजी पीडितहरूले गएको माघ १६ गते सहिद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा सरु गरेका थिए । चितवनको नारायणगढमा फागुनको ३ गते भेला भएका थिए । मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । 

अघिल्लो वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए । पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal