Skip to content

सेबोनका कर्मचारीको आन्दोलन १५ दिनदेखि जारी, कामकाज ठप्प

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीले गरेको आन्दोलन आज १५ औं दिन पनि जारी छ । बोर्डका कर्मचारीले असोज ७ गतेदेखि बोर्डमा आन्दोलन गरिरहेका छन् ।

अर्थमन्त्रालयले गरको निर्णय बिरुद्ध बोर्डका कर्मचारी १५ दिनदेखी आन्दोलनमा छन् । अर्थ मन्त्रालयले असोज २ गते पठाएको पत्रका कारण बोर्डका सबै कर्मचारी आन्दोलित भएका हु्न् । कर्मचारी आन्दोलित हुँदा १५ दिनदेखि सेवाग्राहीको कुनै पनि काम भएको छैन ।

कर्मचारी कार्यालय आउने, कार्यालय समयमा मुलगेटमा धर्ना दिने काम भइरहेको छ । आन्दोलनको सुरुको दिनमा कर्मचारीहरुले अध्यक्ष, कार्यकारी निर्देशक लगायत उच्च पदस्थ कर्मचारीले प्रयोग गर्ने सवारी साधानको चाबी खोसेका थिए ।

कर्मचारीले बोर्डको स्वायत्तता कायम गर, कर्मचारीले कानुन सम्मत खाइपाई आएको सेवा सुविधा कटौती खारेज गर, गैर कानूनी आदेश खारेज गर, कर्मचारीलाई मनोवैज्ञानिक त्रास बन्द गर, भय रहित तरिकाले कम गर्ने वातावरण सुनिश्चितता गर जस्ता माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

भदौ ३१ गतेको राजस्व सचिव स्तरिय निर्णयबाट कर्मचारीले खाइपाइ आएको सेवा सुविधा कटौती हुने, यसअघिका कर्मचारीले खाइपाइ आएको सुविधा पनि फिर्ता गर्नुपर्ने भन्दै सेबोनमा पज्ञ पुग्यो । त्यसपछि कर्मचारी आन्दोलनमा गएका हुन् ।

आन्दोलनमा रहेका कर्मचारीले समयमा नै समस्याको समाधान गर्न नेतृत्वलाई आग्रह गरेका छन् । अन्यथा पदबाट राजीनामा दिन माग गर्दै नाराबाजी गरेका छन् । आन्दोलनमा रहेका कर्मचारीले मन्त्रालयले पठाएको पत्र खारेज हुनुपर्ने समेत माग गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi