Skip to content
Prabhu

अम्बानीले च्याटजीपीटी जस्तै ‘हनुमान’ च्याटबट ल्याउँदै

एजेन्सी । भारतीय डलर अर्बपति उद्योगी व्यवसायी मुकेश अम्बानी विश्वका धनाढ्यहरुको सूचीमा १० मा पर्न सफल भएका छन् । रियालयन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानी फोब्र्सको रियल टाइम बिलेनियर्सको सूचीमा ११४ बिलियन डलर सम्पत्तिसहित शीर्ष १० मा परेका हुन् ।

साथै अम्बानीको रियालयन्स इन्डस्ट्रिज लिमिटेडले अगामी महिना च्याटजिपिटी जस्तै एआई च्याटबट पनि ल्याउने भएको छ । जसको नाम हनुमान राखिएको छ । कम्पनीले यसका लागि आठ वटा विश्वविद्यालयसँग मिलेर काम गरिरहेको छ । जसलाई भारत जीपीटी ग्रुप नाम दिइएको छ । गत मंगलबार कम्पनीले एक टेक्नोलोजी कन्फ्रेन्समा एआई च्याटबट समेत देखाएको थियो । 

त्यस अवसरमा  भारतको एक मोटरसाइकल मिस्त्रीले आफ्नो मूल भाषा तमिलमा एआईबोटसँग कुराकानी पनि गरेका थिए । साथै अर्का एक प्रयोगकर्ताले हिन्दीमा कुराकानी गरेका थिए । हैदराबादका एक डेभलपरले कम्प्युटर कोड लेख्नका लागि यसको प्रयोग गरेका थिए ।

आईआईटी बम्बेका कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागका अध्यक्ष गणेश रामकृष्णनले यो एलएलएम (लार्ज ल्याङ्वेज मोडल)मा एक निकै फरक स्टाइल भएको बताए । हनुमानसँग स्पीच टु टेक्स गर्ने क्षमता समेत हुने उनले भनाइ छ । उनका अनुसार कम्पनीले प्रयोगकर्तालाई कस्टमाइज्ड मोडल पनि तयार गर्नेछ । कम्पनीले अहिले जीरो ब्रेनमा पनि काम गरिरहेको छ । जुन ४५ करोड ग्राहकको नेटवर्कमा प्रयोग हुनेछ । यो पढ्न र लेख्न नजान्नेहरुका लागि पनि उपयोगी हुनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal