Skip to content

भिभो–भि६० फाइभ जी भारतीय बजारमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ मोबाइल ब्राण्ड भिभोले भिभो–भि६० फाइभ जी भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले भिभो–भि६० फाइभ जी मंगलबार सार्वजनिक गर्ने भएको हो।

यो फोनमा ६.६७ इञ्चको एमोलोइड डिस्प्ले जडान गरिएको छ।
ग्राहकले फोन तीन रंगमा पाउनेछन्। फोनमा ६ हजार पाँच सय एमएएच क्षमताको ब्याट्री डिजाइन गरिएको छ। त्यस्तै, ९० मेगावाटको फास्ट चार्जिङ सुविधा पनि दिइएको छ।

ग्राहकले सेल्फीका लागि ५० मेगापिक्सलको लेन्स पाउँछन्। त्यस्तै, फोनको पछाडिपट्टी तीनवटा क्यामरा जडान गरिएको छ।
फोनको सुरक्षाको लागि इन–डिस्प्ले फिंगरप्रिन्ट सुविधा दिइएको छ।

भिभो नेपाली बजारमा पनि अत्यधिक रूचाइएको ब्राण्ड हो। भिभोले भिभो–भि६० फाइभ जी नेपाली बजारमा पनि यही महिना आउने तय भएको भिभो नेपालका ब्राण्ड सुपरभाइजर दिपेश खनालले जानकारी दिए।

‘प्राप्त जानकारी अनुसार अगस्ट २९ मा नेपाली बजारमा आउँछ, ‘ उनले भने।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima