Skip to content
Prabhu

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको छ । धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज शिलान्यास गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

उक्त सचिवालयका अनुसार  एक अर्ब ११ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण हुने पुल लम्बाइ ६ सय मिटर लामो हुनेछ । ‘डबल लेन’को यो पुल निर्माणपछि दुवै जिल्लाका जनतालाई आवागमनका साथै यातायातका साधन सञ्चालन गर्न सहज हुनेछ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal