Skip to content

‘अप्टिकल फाइबर’ तार चोरी गरेको अभियोगमा ५ जना पक्राउ

भद्रपुर । यहाँको मेचिनगर नगरपालिका–५ नकलबन्दाबाट पाँच बोरा ‘अप्टिकल फाइबर’ टेलिफोन तार भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

बुधबार गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय नकलबन्दाको टोलीले तार चोरी गरी लैजादै गरेको शंका लागेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला पानिट्याङकी बस्ने २४ वर्षीय कार्तिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापा बुद्धशान्ति गाउँपालिका सितलवस्ती बस्ने २५ वर्षीय विजय राजवंशी, इलाम माई नगरपालिका–३ जौबारी बस्ने २७ वर्षीय दिनेश परियार र झापा कचनकबल गाउँपालिका–३ डाँगीबारी बस्ने ४२ वर्षीय सञ्जय माझी रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi