Skip to content
Prabhu

अरनिको माविलाई तीन सय थान पुस्तक

काठमाडौं । लायन्स लियो क्लब अफ काठमाडौं छाब्दीबाराहीले काभ्रेस्थित अरनिको माध्यमिक विद्यालयलाई तीन सय थान पुस्तक उपलब्ध गराएको छ । हाम्रो लाइब्रेरी हामी बनाउँछौं’ अभियानअन्तर्गत क्लबमा आबद्ध युवाले आफ्नो व्यक्तिगत लगानी र दाताबाट समेत संकलन गरी पुस्तक उपलब्ध गराएका हुन् । 

क्लबकी अध्यक्ष मन्जिता परियारले विद्यालयलाई सामान्य ज्ञान, प्रेरणादायी व्यक्तिको जीवनी, विज्ञान सम्बन्धित, स्वास्थ्यसम्बन्धी, पाठ्यक्रम, उपन्याससहित सबैखाले पुस्तक उपलब्ध गराएको जानकारी दिइन् । आगामी दिनमा थप दुई सय बढी किताब उपलब्ध गराउने क्लबको योजना छ ।

विद्यालयका प्रधानाध्यापक बलराम चौलागाईंले यसअघि विद्यालयमा पुस्तकालय कक्ष भए पनि पुस्तक नभएकाले लाइब्रेरीमा किन जाने भन्ने अवस्था रहेको बताए । विभिन्न खाले पुस्तक प्राप्त भएपछि अब विद्यार्थीमात्रै होइन शिक्षकले पनि पुस्तकालयको लाभ लिने छन्, उनले भने, ‘यसले विद्यार्थी भाइबहिनीमा पढ्ने बानीको विकासका साथै ज्ञान पनि बढ्नेछ ।’

‘पढ्ने र सिक्ने युवाको हक हो’ भन्ने मान्यतामा क्लबका युवाले ‘प्रोजेक्ट शिक्षा’ ‘पुस्तकालय स्थापना’ ‘एक व्यक्ति एक पुस्तक’अभियान चलाइरहेका छन् । पुस्तकालय सञ्चालनका लागि विद्यालयका पूर्वशिक्षक अनुप परियारले अभियान चलाइ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal