Skip to content

देशका विभिन्न ठाउँबाट लागुपदार्थसहित २३ जना पक्राउ

काठमाडौं । बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागुपदार्थसहित २३ जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी, मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बोकेका दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैयाबाट दुई जना कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट दुई जना, धनगढी उपमहानगरपालिका–१४ खुटिया टोलबाट दुई जनालाई पक्राउ गरिएको हो ।
सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने २७ वर्षीय रामकुमार साहलाई दुई किलो २५ ग्राम गाँजासहित एक जना,ललितपुर, महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट दुई जना, पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट एक, स्याङ्जा, गल्याङ नगरपालिका–१ राम्दिबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरिएको जनाइएको छ ।
यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ किरात चोकबाट सात जना, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ आदामारबाट एक जना पक्राउ परेका समाचारकक्षको आज दिउँसोको समाचार बुलेटिनमा उल्लेख छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi