Skip to content
Prabhu

सरकार र मिटरब्याजपीडितबीच आज फेरि वार्ता हुँदै

 

काठमाडौँ । मिटरब्याजपीडित र सरकारबीच आज फेरि वार्ता हुने भएको छ । आइतबार भएको वार्ता आज विहान ११ बजे फेरि बस्ने गरी टुंगिएको थियो । 

आइतबार भएको वार्तामा पीडितले आफ्ना माग राखेका थिए । पीडितहरु सरकारसँग यसअघि भएको सम्झौता कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गर्दै काठमाडौँ आइपुगेका हुन् । 

उनीहरु २३ दिन पैदल हिँडेर तराईबाट काठमाडौँ आइपुगेका हुन् । पीडितहरु गत चैतमा पनि हिँडेर काठमाडौँ आएका थिए । सांसदहरुले संसद्मार्फत पनि मिटरब्याजीपीडितसँग वार्ता गरेर समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइसकेका छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal