Skip to content
Prabhu

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०१ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

               बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ ९१ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ६७ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ २४ पैसा र बिक्रीदर १५० रुपैयाँ ९२ पैसा छ ।

               अष्ट्रेलियन  डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४८ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा कायम छ ।

              जापानी येन १० को खरिददर ८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८ रुपैयाँ ८४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४७ पैसा कायम छ ।

               त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३ रुपैयाँ ७० पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा र बिक्रीदर २७ रुपैयाँ ८४ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२ रुपैयाँ ८८ पैसा कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३१ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७ रुपैयाँ कायम छ ।  कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ २७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २२  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८४ पैसा कायम छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal