Skip to content
Prabhu

फोन पेले सुरु गर्‍यो ‘सक्षम नारी’ अभियान

काठमाडौं । फोन पेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धधन गर्ने उद्देश्यले ‘सक्षम नारी’ अभियान सुरु गरेको छ। 

यस अभियानद्वारा फोन पेले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिइ सबै वर्गका नारीहरूलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने कोसिस गरेको बताएको छ।  

फोन पेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो। माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ।

अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् अभियान अवधिभर कुनै पनि फोन पे सेवाहरू फोन पे क्युआर, फोन पे डाइरेक्ट, फोन पे बिल प्रयोग गरी कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने छ। 

सो अभियानअन्तर्गत नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि  बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्, साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले एक हजार रूपैयाँको ग्यारेन्टी टप–अप जित्नेछन्।

फोन पेले सधैं आफ्ना ग्राहकहरूको कारोबारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal