Skip to content

फोन पेले सुरु गर्‍यो ‘सक्षम नारी’ अभियान

काठमाडौं । फोन पेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धधन गर्ने उद्देश्यले ‘सक्षम नारी’ अभियान सुरु गरेको छ। 

यस अभियानद्वारा फोन पेले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिइ सबै वर्गका नारीहरूलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने कोसिस गरेको बताएको छ।  

फोन पेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो। माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ।

अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् अभियान अवधिभर कुनै पनि फोन पे सेवाहरू फोन पे क्युआर, फोन पे डाइरेक्ट, फोन पे बिल प्रयोग गरी कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने छ। 

सो अभियानअन्तर्गत नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि  बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्, साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले एक हजार रूपैयाँको ग्यारेन्टी टप–अप जित्नेछन्।

फोन पेले सधैं आफ्ना ग्राहकहरूको कारोबारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima