नेपालीहरूको महान् चाड तिहार (दीपावली) तथा छठ पर्वको पावन अवसरमा सीजी इलेक्ट्रिकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
‘उज्यालो भनेकै सीजी एलईडी’ भन्ने नारासहित सीजी इलेक्ट्रिकले यस पर्वमा उज्यालो, खुसी र सकारात्मक ऊर्जाको महत्त्वलाई विशेष रूपमा प्रस्तुत गरेको छ। दीपावली उज्यालो र समृद्धिको प्रतीक हो भने छठ पर्व श्रद्धा, आस्था र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्व हो। यी दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र खुसीको सन्देश फैलाउँदै आएका छन्।
उपभोक्ताको दैनिक जीवनलाई सहज, सुविधाजनक तथा ऊर्जामैत्री बनाउने उद्देश्यका साथ सीजी इलेक्ट्रिकले विभिन्न प्रकारका गुणस्तरीय एलईडी बत्ती तथा विद्युतीय सामग्री उपलब्ध गराउँदै आएको छ। कम्पनीका एलईडी उत्पादनमा फराकिलो भोल्टेज दायरा, लामो आयु, फराकिलो प्रकाश कोण तथा ऊर्जा बचतजस्ता विशेषता रहेका छन्। घर, कार्यालय, अस्पताल, राजमार्ग, पसल तथा होटललगायत विभिन्न स्थानमा प्रयोग गर्न सकिने यी उत्पादनले प्रभावकारी प्रकाश प्रदान गर्नुका साथै ऊर्जा बचतमा समेत योगदान पुर्याउने कम्पनीको विश्वास छ।
तिहारमा घर सजाउने, दियो तथा बत्ती बाल्ने र आफन्तजनसँग खुसी साटासाट गर्ने परम्परालाई अझ उल्लासमय बनाउन सीजी एलईडीका प्रकाश समाधान उपयोगी विकल्प बन्न सक्छन्। विशेषगरी लक्ष्मीपूजाका दिन घरआँगनलाई झिलिमिली बनाउनेदेखि तिहारका हरेक रमाइला क्षणलाई उज्यालोले सजाउन सीजी एलईडीले आधुनिक प्रकाशको अनुभव प्रदान गर्नेछ।
त्यसैगरी, सीजी एलईडीका उत्पादनमा २४ महिनाको वारेन्टी सुविधा उपलब्ध रहेको छ। यसले उपभोक्तालाई उत्पादनको गुणस्तरप्रति थप विश्वास र भरोसा प्रदान गर्ने कम्पनीले जनाएको छ।
यस पर्वको अवसरमा सीजी इलेक्ट्रिकले उज्यालो र सकारात्मकताको सन्देश फैलाउँदै हरेक नेपालीको घर तथा जीवनमा खुसी, उमङ्ग, सुख, शान्ति र समृद्धिको प्रकाश छाओस् भन्ने कामना गरेको छ।










प्रतिक्रिया दिनुहोस्