Skip to content

सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य गैरे घाइते

nabil
global ime

काठमाडौं । सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छन् । आज सिंहदरबार परिसरभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा बा १७ च ८८०७ नम्बरको गाडीले ठक्कर दिँदा सांसद गैरे घाइते भएकी हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार गाडीको ठक्करबाट घाइते भएकी गैरेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ठक्कर दिने सोही गाडीले उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको ट्राफिक प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्रियसभा सदस्य गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T