काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्