Skip to content
Prabhu

बुधबार नेप्से ०.८७ अंकले घट्यो, कारोबार २ अर्ब ३ करोड

काठमाडौं । नेप्से  परिसूचक  बुधबार ०.८७ अंक घटेर २०००.७७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ।

नेप्से घटे पनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८६ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०८ स्टकको ४१ हजार ६७९ पटकको कारोबारमा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ बराबरको ५१ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.५१ प्रतिशत घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.९६ प्रतिशत र लगानी उपसमूहको परिसूचक १.०५ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.११ प्रतिशत घटेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal