Skip to content

माबिलुङ इनर्जीको आईपीओ आजदेखि खुल्यो, १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। उक्त कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालिहरुका लागि यसअघि नै आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सो आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन दिन अन्तिम मिति साउन २९ गते रहेको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima