Skip to content

बेरोजगार युवायुवतीका लागि पोखरामा ‘जब फेयर’

nabil bank

गण्डकी । वडामा रहेका बेरोजगार युवायुवतीलाई लक्षित गरी कास्कीको पोखरा महानगरपालिका–१३ ले आज फागुन १८ गते ‘जब फेयर’ गर्ने भएको छ । लायन्स र लियो क्लब पोखराको सहकार्यमा वडामा रहेका कोही पनि युवायुवती बेरोजगार बस्नुु नपरोस् भन्ने उद्देश्यका साथ जब फेयर गर्न लागिएको हो । 

वडाध्यक्ष किरण बरालले बेरोजगारी अहिलेको सबैभन्दा ठूलो समस्या रहेको उल्लेख गर्दै वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगारी उपलब्ध गराउने सोचका साथ कार्यक्रम अघि सारिएको बताए । 

उनका अनुसार जब फेयरमा विभिन्न १२ कक्षबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ । वडाका नागरिकको आयस्तर सुधार्न पनि जब फेयर कार्यक्रम सहयोग बन्ने विश्वास व्यक्त गर्दै उनले भौतिक विकाससँगै आर्थिक विकासमा समेत सुधार ल्याउने कार्यक्रमको उद्देश्य रहेको बताए। 

उत्पादनदेखि प्रविधिमैत्री विषयमा जब फेयरमा जानकारी लिन पाइने छ । वडाका तर्फबाट यसअघि पनि फरक ढङ्गका कार्यक्रम गर्दै आएको वडाध्यक्ष बरालले बताए ।  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi