Skip to content
Prabhu

तीन मिनेटमै नेप्सेमा सर्किट ब्रेक, कारोबार २० मिनेट रोकियो

काठमाडौं ।  राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि  २० मिनेटका लागि कारोबार रोकिएको छ । 

सोमबार सरकारको फेरबदलको हल्लले कारोबार सुरु भएको तीन मिनेटमै बजार ४.०४ प्रतिशतले बढेको हो । बजार ७९.२९ अंकले बढेर २०३९.६० बिन्दुमा पुगेको छ ।

 

कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार रोकिएको हो ।

कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal