Skip to content

प्रिओपन सेसनमा नेप्से २४.३५ अंकले घट्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक करिब साढे २४ अंक घटेर बन्द भएको छ।

बिहीबार १६०.३३ अंक घटेर २५११.९१ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २४.३५ अंक घटेर २४८७.५६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.२७ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा १७३ स्टकको ८४५ पटकको कारोबारमा ५ करोड ४८ लाख १३ हजार ५५४ रुपैयाँ ८० पैसाबराबरको १ लाख १८ हजार ५३७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने ११७ स्टकको मूल्य घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T