Skip to content

बुधबार सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो?

nabil bank

काठमाडौं । बुधबार नेपाली बजारमा पनि सुनको मूल्यले ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राख्न सफल भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।  मंगलबार छापावाल सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi