Skip to content
Prabhu

एमालेले टुंगो लगायो मन्त्रीहरुको नाम, को–को हुन् ?

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

 एमालेले सरकारमा ८ मन्त्रालय पाउने भएको छ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।

पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन्भने  अब हुने मन्त्रीहरूमा दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी छन् ।

महासेठ र अधिकारीबाहेक सबै अघिल्लोपटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal