काठमाडौं । झापाको दमकमा बुधबार भाटभटेनी सुपरमार्केटले आफ्नो २७औं स्टोर सञ्चालनमा ल्याएको छ ।
आज भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले स्टोर विधिवत् सञ्चालनमा ल्याएका हुन् । ४० वर्षको अवधिमा भाटभटेनीले २७ वटा स्टोर सञ्चालनमा ल्याएको छ ।
‘नेपाल सरकार, अन्य नियामक निकाय एवम् शुभेच्छुकहरुको अटुट सहयोग, शुभेच्छा, मार्गदर्शन र विश्वासको फेरो समातेर हामीले चार दशकको सफल यात्रा सम्पन्न गरेका छौं,’ उद्घाटनका क्रममा गुरुङले भने ।
उद्घाटनको अवसरमा गुरुङले भने भाटभटेनीमा रहेका सम्पूर्ण सामानमा १० प्रतिशत र विद्युतीय सामानहरुमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्