काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज सूचीकृत हुने तीन कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड रजिीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशत बोनसबापतको १९ लाख ८६ हजार २ सय २४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस बापतको १६ लाख ५४ हजार ८ सय ४७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ भने युनाइटेड अजोड इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बोनस बापतको १९ लाख ५४ हजार ३ सय २० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
उक्त बोनस सेयर फागुन २४ गते नेप्सेमा सूचीकृत भएको हो । साथै, कम्पनीहरुको बोनस सेयर अब सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्