Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकका ४१ शाखाद्वारा एकसाथ कार्यक्रम सञ्चालन, ५ हजार बढीको सहभागिता

 

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले ५ हजारभन्दा बढी व्यक्तिलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ विषयका बारेमा जानकारी दिन उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले कोशी प्रदेशको झापा जिल्ला, दमक नगरपालिका र मोरङ जिल्लाको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रमहरुमा २५० भन्दा बढी व्यक्तिको सहभागिता थियो । मधेस प्रदेशअन्तर्गत सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा १ सयभन्दा बढीको सहभागिता थियो । 

बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका, मन्थली नगरपालिका, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, धादिङ जिल्लाको गल्छी गाँउपालिका, रसुवा जिल्लाको कालिका गाउँपालिका र गोसाइँकुण्ड गाँउपालिकामा आयोजित कार्यक्रमहरुमा १ हजार २ सयभन्दा बढी व्यक्तिहरुको सहभागिता थियो ।

त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत स्याङजा जिल्लाको वालिङ्ग नगरपालिका, नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी–त्रिवेणी गाँउपालिका, लमजुङ जिल्लाको बेंसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहूँ जिल्लाको भानु नगरपालिकाको कार्यक्रममा ९ सयभन्दा बढी स्थानीयहरुको सहभागिता थियो ।

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लाको महराजगंज नगरपालिका, बाणगंङ्गा नगरपालिका, दाङ जिल्लाको दंगीशरण गाउँपालिका, राप्ती गाउँपालिका, गुल्मी जिल्लाको मालिका गाउँपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, नवलपरासी जिल्लाको रामग्राम नगरपालिका, पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका, रोल्पा जिल्लाको रोल्पा नगरपालिका, रुपन्देही जिल्लाको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा २ हजार ५ सयभन्दा बढी व्यक्तिको सहभागिता थियो ।

साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडी जिल्लाको डिलासैनी गाउँपालिका, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको कार्यक्रममा २ सयभन्दा बढी लक्षितवर्गको सहभागिता थियो । यससँगै ग्लोबल आइएमई बैंकले ७६ शाखा कार्यालयहरुबाट ९ हजारभन्दा बढी लक्षित वर्गहरुलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरी बैंकिङ कारोबार गर्न उत्प्रेरित गरेको छ । यस आर्थिक वर्षमा बैंकले आफ्ना ३५० भन्दा बढी शाखाहरुमार्फत यस्ता लक्षित वर्गको सहभागितामूलक कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ् सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरबाट सेवा केन्द्र रहेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal