Skip to content

बेदप्रकाश सिंह ठकुरीको बयान- ‘मिश्र लगायतलाई नक्कली कम्पनी खडा गरेर पैसा अपचलन गर्न सहयोग गरेको हुँ’

काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंक प्रकरणमा तत्कालीन प्रमुख वित्त अधिकृत बेद प्रकाश सिंह ठकुरीले एमालेका नेता तथा कर्णाली डेभलपमेण्ट बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष पशुपती दयाल मिश्रलाई नक्कली कम्पनी खडा गरेर पैसा अपचलन गर्न सहयोग गरेको स्वीकार गरेका छन् ।

बैंकका तत्कालीन प्रमुख वित्त अधिकृत बेद प्रकाश सिंह ठकुरीले आफूलाई लागेको सुन कर्जाको अपचलनको आरोप आफुलाई याड नभएको र मिश्रको आरोप भने सत्य भएको बयान अदातललाई दिएका छन् । यसैगरी, मिश्रले आफ्नो नामबाट पैसा लिन बिभिन्न नक्कली कम्पनी खडा गरेर उक्त कम्पनीबाट बैंकको पैसा अपचलन गरेको उनले बयानमा बताएका छन् ।

‘बाँके समृद्धि एग्रो प्रालिको नाममा प्रवाह भएको कर्जा पशुपती दयाल मिश्रले प्रयोग गरेको कुरा ठिक हो। पशुपति दयाल मिश्रले राम करण मिश्रको नाममा बाँके समृद्धिएग्रोप दर्ता गराई सो बाँके समृद्धि एग्रो प्रालिको नाममा कर्णाली डेभलपमेण्ट बैंक लिबाट कर्जा स्विकृत गराई सो कर्जाको रकम पशुपती दयाल मिश्रले प्रयोग गरेका हुन् ।’ उनले बयानमा भनेका छन् ।

प्रमुख वित्त अधिकृत बेद प्रकाश सिंह ठकुरीकाे बयान

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi