काठमाडौ । साताको अन्तिम दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २२.१० अंकले बढेर २०५२ बिन्दुमा पुगेको छ ।
आज १९४ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने ४ को स्थिर रह्यो । आज २ अर्ब ९२ करोड रुपैयाँको कारोबार भयो । हाइड्रोपावरबाहेकका सबै समूह बढेका छन् । सो समूह भने ०.१२ प्रतिशत घट्यो । आइतबार माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ । यो समूहको सूचक ४.२१ प्रतिशत बढ्यो ।
आज बैंकिङ ०.७४, विकास बैंक १.०८, फाइनान्स १.४०, होटल तथा पर्यटन १.१२, लगानी १.२६, जीवन बीमा १.८४, उत्पादन ०.९१, निर्जीवन बीमा १.३४, अन्य ०.२८ र ब्यापार समूह ०.६५ प्रतिशत बढे ।
धेरै मूल्य बढेका कम्पनीमा पनि माइक्रोफाइनान्सहरु अगाडि रहे । विन नेपाल लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
प्रतिक्रिया दिनुहोस्