Skip to content
Prabhu

एनएमबी बैंकद्वारा लैंगिक समता र सामाजिक समावेशीकरण योजना घोषणा

काठमाडौं । एनएमबी बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्धन गर्दै लैंगिक समता तथा सामाजिक समावेशीकरण (जीईएसआई) योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नीतिले समाजमा विविधता प्रवर्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैंगिक समानतालाई प्रोत्साहन गरेको जनाइएको छ ।

जीईएसआईले समग्र बैंकिङ प्रणालीलगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँचयोग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा बैंक विश्वस्त रहेको जनाइएको छ । 

बैंकले लैंगिक समता र सामाजिक समावेशीकरण जीईएसआई योजना कार्यान्वयन गर्दै महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्जस्थित शाखाहरूमा फरक ढङले सक्षम ग्राहकलाई ह्विललचेर र्‍याम्प  स्थापना गरेको छ। साथै, महिला नेतृत्व विकास गर्न देशभरि महिला नेतृत्व कार्यक्रमसमेत सुरुवात गरिसकेको जनाएको छ ।

महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको जनाएको छ । एनएमबी बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरू चल्तीमा ल्याइसकेको छ ।

एनएमबी बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ८३ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal