Skip to content
Prabhu

यस्तो छ आइतबारको विदेशी मुद्राको बिनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका  लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा कायम भएको छ ।

  बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ ५५ पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ३२ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ ८३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५२ पैसा छ ।

               अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७३ पैसा कायम छ ।

              जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४६ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४० पैसा कायम छ ।

               त्यसैगरी कतारी रियालको एकको खरिदर ३५ रुपैयाँ २६पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३ रुपैयाँ ७५ पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३४ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३ रुपैयाँ कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४७ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९० पैसा र बिक्रीदर १६ रुपैयाँ ९८ पैसा कायम छ । कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३०  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १८ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal