Skip to content

अर्थमन्त्री ताते पुँजी बजार सुधार गर्न, तीन नियमनकारी निकायसँग मागे कार्ययोजना

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पुँजी बजारलाई देशको आर्थिक विकासको आधार मान्दै तत्काल सुधार गर्न मातहतका तीन नियमनकारी निकायलाई सात दिनभित्र सुधार कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्।

फागुन २७ गते आइतबार अर्थमन्त्री पुनको निर्देशनमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई सात दिन भित्र कार्ययोजना पेस गर्न पत्र पठाएको हो।

उक्त पत्रमा अर्थमन्त्री पुनले  देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको रायसमेत लिई सात दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएको कुरा उल्लेख छ।

ती निकायहरुको नाममा फागुन २७ गतेको मितिमा काटिएको पत्र हिजै सम्बन्धित कार्यालयहरुको जानकारीमा पुगिसकेको बताइएको छ। ती निकायहरुले अब पुँजी बजारका सरोवालाहरुको रायसमेत लिएर सात दिनभित्रमा कार्ययोजना पेस गर्नुपर्ने र त्यसपछि अर्थमन्त्रीबाट त्यसको कार्यान्वयनका लागि निर्देशन हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

पुन अर्थमन्त्रीमा नियुक्त हुनासाथै पुँजी बजारका समस्याहरु समाधान गरेर ६० लगानीकर्ताहरुको मनोबल उकास्ने प्रतिबद्धता ब्यक्त भएको थियो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima