Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

nabil

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्त्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचीन कलाकृति समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो ।

ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमबीच नयाँ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्य गर्दै आएको बताए । नेपालको सर्वांगीण विकासका निम्ति नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।

ग्लोबल आइएमई बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal