Skip to content
Prabhu

१० करोड ५९ लाख अपर तामाकोसीको हकप्रद सेयर सूचीकृत

 

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले भदौ १८ गतेदेखि असोज ७ गतेसम्म प्रतिसेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

उक्त कम्पनीले हकप्रदका लागि भनेर साउन २६ गते बुकक्लोज गरेको थियो ।   अब उक्त हकप्रद सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

 कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal