Skip to content

मंगलबार नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज माउन्टेन इनर्जी नेपाल लिमिटेड र नेश्नल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नेप्सेमा सूचीकृत भएको छ ।

आज बजार बन्द हुनुभन्दा अघिसम्म माउन्टेन इनर्जी नेपालको सेयर  ६ सय ४१ रुपैयाँको आधारमा नेप्सेमा १५ प्रतिशत समायोजन भएको हो । उक्त कम्पनीको समायोजनपछि सेयर मूल्य ५ सय ५७ रुपैयाँ ३९ पैसा रहेको छ ।

आज  नेसनल  लघुवित्त वित्तीय संस्थाको सेयर बजार बन्द हुनुभन्दा अघि १ हजार २ सय २० रुपैयाँको आधारमा ७.५० प्रतिश समायोजन भएको हो । कम्पनीको समायोजन पछिको सेयर मूल्य १ हजार १ सय ३४ रुपैयाँ ८८ पैसा रहेको छ। बुधबार उक्त कम्पनीको सेयर  दोस्रो बजारमा कारोबारमा आउँनेछ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal