Skip to content

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आदिवासी समुदायका लागि आवास योजना

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आदिवासी समुदायका निम्ति नयाँ घर निर्माण गर्न अर्बौं डलरको नयाँ कोषको योजना घोषणा गरेका छन् ।

अल्बानीजले मङ्गलबार सङ्घीय र उत्तरी क्षेत्र (एनटी) सरकारबाट उत्तरी क्षेत्र भरिका दुर्गम समुदायका लागि आवास निर्माण गर्न चार अर्ब अष्ट्रेलियन डलर (२.६ अर्ब अमेरिकी डलर) को संयुक्त लगानी कोष घोषणा गरेका छन् ।

यस योजनाअन्तर्गत सरकारले सन् २०१८ यता ७३ वटा दुर्गम क्षेत्रका समुदायका लागि ६५० वटा घर निर्माण गरेको छ । यही कार्यक्रमको निरन्तरता अन्तर्गत प्रत्येक वर्ष २७० वटा नयाँ घर निर्माण हुने अनुमान गरिएको छ ।

‘आजको घोषणाले दुर्गम समुदायको आवासको अवस्थामा सुधार ल्याउने र आदिवासी र गैर–आदिवासी अस्ट्रेलियालीबीचको खाडल कम गर्न मद्दत गर्नेछ,’ अल्बानीजले घोषणा कार्यक्रममा भनेका छन् ।

उक्त कोषमा आधाभन्दा बढी लगानी सङ्घीय सरकारबाट प्राप्त हुनेछ भने १२ करोड अस्ट्रेलियाली डलर एनटी सरकारको हुनेछ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal