Skip to content

बेलौरीमा फोहर पानी प्रशोधनसहितको ढल निर्माण हुँदै

कञ्चनपुर । बेलौरी नगरपालिकामा फोहर पानी प्रशोधनसहितको ढल निर्माण अगाडि बढाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु १८ करोडको लागतमा बेलौरी बजार क्षेत्रमा प्रशोधनसहितको ढल निर्माण सुरु गरिएको हो । 

बेलौरी बजारको नौ किलोमिटर क्षेत्रमा ढल निर्माण भइरहेको नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो । ‘ढल निर्माणका लागि ड्रेन निर्माण भइरहेको छ, ढल निर्माणपछि  त्यसमा पाइप राख्छौँ’, उनले भने, ‘ढलको पानी पाइपमार्फत प्रशोधन केन्द्रसम्म पुर्‍याउछौँ ।’ बजार क्षेत्रको प्रदूषित पानी मेसिनको सहायताले प्रशोधन गरिने उनले बताए ।

 

प्रशोधन केन्द्र निर्माणका लागि एककठ्ठा जग्गा व्यवस्थापन गरिएको उनले बताए । ढल निर्माणसँगै प्रशोधन केन्द्रमा मेसिन राख्ने काम भइरहेको उनको भनाइ  छ । ‘ढलमै पाइप राखिने भएकाले पानी सिधैं प्रशोधन केन्द्रमा पुग्छ’, उनले भने ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal