Skip to content

नेप्से ५८.५५ अंकले बढ्यो, ४ अर्ब ५५ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५८.५५ अंक बढेर २१११.२१ विन्दुमा पुगेको छ। आज  सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् गत आइतबार २ अर्ब ९१ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ८२ हजार ७४६ पटकको कारोबारमा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बुधबार ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने  सपोर्ट माइक्रोफाइनान्स, नाडेप लघुवित्त र अभियान लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। 

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये आज जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक ५.४४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लघुवित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal