Skip to content

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतदानबाट उनी अध्यक्ष चुनिएका हुन् ।

उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका युवराज शर्मालाई २२ मतले पराजित गरे । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत पर्‍यो । शर्माका पक्षमा भने १७ मत मात्र परेको थियो ।

दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउन माओवादी केन्द्रसहित‚ नेकपा (एमाले)‚ नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का सांसदले मतदान गरेका थिए । मनोनीत सांसद वामदेव गौतमले पनि दाहालका पक्षमा मतदान गरे ।

पराजित शर्माका पक्षमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले मतदान गरे । एक मत रहेको राष्ट्रिय जनमोर्चाका सांसद तटस्थ बसे, कतै मतदान गरेनन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal