Skip to content

कर्णाली पुल केही समयका लागि बन्द, वैकल्पिक बाटो अपनाउन आग्रह

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहीले कर्णाली पुल केही समयका लागि बन्द गरिएकाले  वैकल्पिक बाटो अपनाउन  आग्रह गरेका छन् । 

उक्त पुलमा सोमबार साँझ  भएको आगलागीबाट आंशिक रूपमा क्षति भएकाले आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि उनले पुलबाट तत्काल सवारी साधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका हुन् । उनले टीकापुर भएर हुलाकी राजमार्ग प्रयोग गर्न सम्बद्ध सबैमा आग्रह पनि गरेका छन् । 

पुलमा भएको क्षतिको जानकारी लिन काठमाडौं र बुटवलबाट सम्बन्धित निकायका अधिकारी एवं प्राविधिक टोली आउन लागेको मुख्यमन्त्रीले बताएका छन् । पुलको  मर्मतसम्भारपछि त्यहाँबाट सवारी साधन सञ्चालन गर्ने नगर्नेबारेमा बताउन सकिने मुख्यमन्त्री शाहीले  बताए । पुलबाट एम्बुलेन्स सञ्चालनको अनुमति दिनुपर्नेमा स्थानीय निकायका पदाधिकारीले जोड दिएका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal