काठमाडौं । बालुवाटारमा मंगलबार बिहान सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीच भएको छलफलमा नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।
उक्त छलफलपछि एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन र राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उमेदवारका पक्षमा मतदान गर्न सहमत भएको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए ।
बालुवाटारको बैठकपछि गठबन्धनका नेताहरूले नयाँ बानेश्वरस्थित संसद्को ल्होत्से हलमा सांसदसहित छलफल गरेका थिए । अघि, एकीकृत समाजवादीका नेताले आफ्ना मागमा प्रधानमन्त्रीले लिखित सहमति नगरे विश्वासको मत नदिने चेतावनी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्