Skip to content

आरम्भ चौतारी लघुवित्तले लाभांश नबाँड्ने

 

काठमाडौं ।  गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

उक्त कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेस गर्ने जानकारी गराएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यसयता यसले लाभांश प्रस्ताव गरेको छैन । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal