Skip to content

मंगलबार पनि सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा  मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।आइतबार प्रतितोला १ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४  सय रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ। सोमबार प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal