Skip to content

राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन हुँदै, दाहाल र शर्मा भिड्दै

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्ष पदका लागि आज विहान निर्वाचन हुनेभएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रियसभाको बैठकले निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ ।

अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र 

नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्। 

राष्ट्रियसभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ। एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन् । उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्। राष्ट्रियसभामा कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal