काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक २.४८ अंक घटेर २१०८.७२ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे ४ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ७३ हजार ५०६ पटकको कारोबारमा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से घटे पनि आज विन नेपाल लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको सेयर मूल्य ९५ रुपैयाँ ५० पैसा बढेर १ हजार ५१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। उन्नति सहकार्य लघुवित्त, आत्मनिर्भर लघुवित्त र समाज लघुवित्तको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन अप्पर तामाकोशीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्