Skip to content

एडीबीद्वारा नियन्त्रण तथा सिँचाइका लागि बंगलादेशलाई ७ करोड सहयोग

मनिला । एसियाली विकास बैंक (एडीबी) ले बंगलादेशमा जलस्रोत व्यवस्थापन (बाढी नियन्त्रण तथा सिँचाइ) का लागि सात करोड १० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । 

गोपालगञ्ज र मदारीपुर जिल्लाका ग्रामीण समुदायमा यस परियोजनाले जलवायु परिवर्तनको प्रभावका लागि उनीहरूको तयारी र लचिलोपनलाई बलियो बनाउने बैंकले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।


विश्वव्यापी जलवायु परिवर्तन प्रभाव सूचकांकको आधारमा बंगलादेश जलवायु जोखिमको  सातौं स्थानमा छ ।  बंगलादेशले चरम मौसमी समस्या र जलवायु घटनाहरूको  तीव्रताको सामना गरिरहेको बैंकले जनाएको छ । 

यस परियोजनाअन्तर्गत ६ लाखभन्दा बढी मानिसलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । परियोजनाले जलवायु प्रभाव व्यवस्थापन, बाढी नियन्त्रण, जल निकासी र सिँचाइका उपायहरू अवलम्बन गर्ने एडीबीले जनाएको छ ।

एडीबीको सहयोगले आर्थिक वृद्धि र उत्पादकतालाई थप बढावा दिनेछ भने आय र दिगो जीविकोपार्जन बढाउनेछ । विशेष गरी महिला र कमजोर समूहहरूका लागि र दक्षिण पश्चिम बङ्गलादेशको ग्रामीण क्षेत्रमा गरिबी घटाउने एडीबीका वरिष्ठ परियोजना व्यवस्थापन विशेषज्ञ पुष्कर श्रीवास्तवले बताइ ।  

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal