Skip to content

आजबाट नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं ।  नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर आज बुधबारबाट एकीकृत कारोबार सुरु भएको छ । आज दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो । 

दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् । एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई फागुन  २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेका छन् । 

उक्त कम्पनीलाई धितोपत्र बोर्डले पनि मर्जरका लागि स्वीकृति दिइसकेको छ । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका–८ काभ्रेपलाञ्चोकमा रहने छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal