Skip to content

बुधबार सुनको मूल्य १ हजारले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला १ हजार रुपैयोँले  घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal