Skip to content

सीइओ न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । उच्च अदालत पाटनले कमसल धितो राखी बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका सेञ्चुरी बैंकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न आज प्रहरीलाई अनुमति प्रदान गरिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले राससलाई जानकारी दिए । 

उनले भने, ‘सीइओ मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न आज म्याद थप भएको छ ।’ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गएको माघ १५ गते उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal