Skip to content

तीन थान नक्कली सवारी दर्ता किताबसहित दुई पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरी लिखत कीर्ते गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–५ घर भई हाल चितवन भरतपुर महानगरपालिका–७ बस्ने २३ वर्षीय सविन राई र कास्की मादी गाउँपालिका–७ घर भई काठमाडौं टोखा बस्ने ४८ वर्षीय सुरज मल्ल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए ।

उनले भने, ‘लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरी लिखत कीर्ते गरेको भन्ने सूचनाका आधारमा हाम्रो टोलीले मीनभवनबाट राई र मल्ललाई पक्राउ गरेको हो ।’

पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर पठाइएको र उनीहरुको साथबाट प्रहरीले सवारी दर्ता किताब तीन, मोबाइल दुई तथा नागरिकता प्रमाणपत्र बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal